विराटनगर । गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सरकारको स्वीकृति नलिइकन केही दिन अघि विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।