काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकले बताएको उनको सचिवालयले जनाएको छ ।

सामान्य ज्वरोका कारण प्रधानमन्त्री ओली मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।