काठमाडौँ । प्रा. धनप्रसाद पण्डितलाई राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ उपधारा (१) बमोजिम सरकारको सिफारिस राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।