काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ९० लाख ५५ हजार आठ सय ६७ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा चार लाख ३६ हजार चार सय २१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६९ करोड चार लाख ७२ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा चार अर्ब ३६ करोड ७९ लाख ५४ हजार पाँच सय ६८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब नौ करोड १६ लाख २१ हजार सात सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ९३ लाख ४४ हजार सात सय १३ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा ३४ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ६० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले तीन अर्ब ५७ करोड ६१ लाख ८६ हजार ९७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १२ करोड ६५ लाख २९ हजार आठ सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड १० लाख ८० हजार ५५ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा १७ दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको थियो ।