काठमाडौं । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १७ करोड ४९ लाख ७९ हजार दुई सय ९६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ११ करोड ९५ लाख २१ हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ५१ करोड आठ लाख ४६ हजार एक सय ९५ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५० अर्ब ७५ करोड ५३ लाख ८९ हजार चार सय ४३ रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । यस अवधिमा ५१ करोड ८७ लाख ४१ हजार एक सय ७१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५९ अर्ब छ करोड ६७ लाख ११ हजार सात सय २८ रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख सात हजार सात सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४९ करोड नौ लाख १० हजार सात सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।