काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरूको मागलाई ध्यानमा राखी मल्टीपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । यसअन्तर्गत चार वटा वा सोभन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरूले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरू खरिद गर्न सक्नेछन् । टेलिकमका अनुसार चारदेखि १० वटा टिभी जडान गर्ने ग्राहकहरूले प्रतिसेट टप बक्स दुई हजार नौ सय ३८ रुपैयाँमा एक वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् भने ११ वटाभन्दा बढी टिभी जडान गर्ने ग्राहकहरूले प्रतिसेट टप बक्स दुई हजार आठ सय २५ रुपैयाँमा एक वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।
यो सेवासम्बन्धी आवश्यक जानकारीका लागि एक सय ९८ मा कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरूमा सम्र्पक गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।