काठमाडौं । कर्णाली डेभलमेन्ट बैंकको खुद नाफा ऋणात्मक देखिएको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९८ लाख २९ हजार सात रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा बैंकले चार करोड आठ लाख ६१ हजार ४३ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा पाँच अर्ब २१ करोड १८ लाख दुई हजार पाँच सय ६५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८१ करोड ५५ लाख ९७ हजार तीन सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ लाख ९१ हजार तीन सय ७४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा सात दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ५२ करोड २६ लाख ३७ हजार चार सय २७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४१ करोड ८३ लाख १७ हजार दुई सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ९३ लाख ९० हजार तीन सय ५२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको चार दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।