काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही मंसिर छ गते मकवानपुरको हैटौंडास्थित होटल एभोकाडोमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, बाह्य लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि फाइनान्सको यही कात्तिक २५ गते एक दिनको लागि सेयर दर्ता किताव बन्द हुने छ ।