काठमाडौँ, असार २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच मंगलबार भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा बिहान भएको भेटमा उनीहरूबीच दुई देशबीचको आपसी हितबारे छलफल भएको जनाइएको छ । यसअघि दुई दिनअघि राजदूत यान्छीले नेकपाका अर्का नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।