काठमाडौं । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ९५ लाख १३ हजार आठ सय ३० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ५० लाख १७ हजार पाँच सय पाँच रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १२ अर्ब ८२ करोड ३६ लाख ६५ हजार एक सय ३३ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब छ करोड ८९ लाख ३१ हजार चार सय ६२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा सात करोड ५२ लाख एक हजार तीन सय ५४ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ९१ प्र्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १२ अर्ब ६४ करोड पाँच लाख ५८ हजार दुई सय नौ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब २० करोड ४३ लाख १९ हजार छ सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा सात करोड १९ लाख चार हजार ६५ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।