काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुदे विवरण बुझाउन दिएको समय सकिए पनि कुलमानले नबुझाएको पाईएको छ ।
असोज २३ गते ऊर्जा मन्त्री दीपक खड्काले विद्युत प्राधिकरणसँग १५ बुँदे विवरण मागेका थिए । असोज ७ गते १५ दिनको अवधि सकिएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दशैं बिदाका कारण नभ्याएको भन्दै थप समय मागे ।
पहिलो पटक दिएको १५ दिनको समय सकिएको दुई सातामा पनि उनले विवरण बुझाएका छैनन् ।’ऊर्जा मन्त्रालयले प्रबन्ध निर्देशक घिसिङलाई विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण समेत मागेको थियो। विद्युत प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरण, विगत ४ वर्षदेखि प्रबन्ध निर्देशकबाट भएका बोलपत्र स्वीकृत, विभाग निर्देशनालयबाट भएका खरिद स्वीकृतिको विवरण लगायतका विवरण मागेको थियो ।
कुलमानले सरकारले भनेको कुरा अटेर गरेको मन्त्रीपरिषद्को बुझाई रहेको छ । मन्त्रीपरिषद्मा उनलाई हटाउने प्रस्ताबमा छलफल गरेपनि बाहिर निणर्य भने सरकारले गरेको थिएन ।