काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले खुद नोक्सानी व्यहोरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४८ लाख ५० हजार नौ सय ९३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । गत आवको सोही अवधिमा भने बैकको यस्तो नोक्सानी एक करोड लाख ५९ हजार दुई सय ४५ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५९ करोड ९२ लाख ७४ हजार सात सय ४४ रुपैयाँ निक्षेप संकलन गरी २८ करोड ९१ लाख ३२ हजार नौ सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा खुद व्याज आम्दानी ४३ लाख ६६ हजार ९२ रुपैयाँले ऋणात्मक देखिएको फाइनान्समा ३४ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर तीन दशमलव २२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६३ करोड १५ लाख २१ हजार २२ रुपैयाँ निक्षेप संकलन गरी २७ करोड ५८ लाख ५६ हजार एक सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ लाख १५ हजार एक सय ९८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा १७ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव १२ प्रतिशत रहेको थियो ।