काठमाडौं, असार २४
एनआईसी एसिया बैंकले कर्जाको ब्याज छुुट लिन आग्रह गरेको छ । बैंकले यसअघि अर्थात् वैशाख १६ गतेदेखि कोभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशनअनुसार २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर दुुई प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै सो को अलावा बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुनेगरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी नौ दशमलव ९९ प्रतिशत कायम गरेको छ ।
यसमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना सकिन मात्र आठ दिन बाँकी रहेको हुँदा यथाशिघ्र भरपुर फाइदा उठाउन बैंक सम्पूर्ण ऋणीहरूमा हार्दिक आह्वान गर्दछ, बैंकले विज्ञप्तिमार्फत भनेको छ । बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै भुक्तानी गरेमा २०७७ श्रावण १ पश्चात् ब्याजदर नौ दशमलव ९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको जानकारी पनि बैंकले दिएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा मिति २०७६/१२/१६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुनआउने रकम तथा जरिवाना ब्याजको शत प्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकहरूको बैंक खातामा जम्मा समेत गरिएको छ ।
साथै नेपाल राष्ट्र बैंकबाट २०७७/०१/१६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा दुुई प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त दुुई प्रतिशत ब्याज सहुलियतको अलावा कोरोना भाइरसको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्णरूपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शत प्रतिशत रकम छुटको योजना ल्याएको थियो । (आर्थिक दैनिकबाट)