काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २८ करोड १८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २२ करोड ८८ लाख सात हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात अर्ब चार करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको बंैकले चालू आवको पहिलो त्रैमासमा एक खर्ब १० अर्ब ८० करोड २० लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७२ करोड नौ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ११ करोड सात लाख ४२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ६२ करोड ९० लाख ८६ हजार रुपैयाँ रहेको बैंकमा चार दशमालव ५९ प्रतिशत स्प्रेडदर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब नौ अर्ब ७५ करोड ८८ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब १७ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब चार करोड ४१ लाख ९५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा वितरणयोग्य नाफा ४० करोड ४४ लाख ५७ हजार रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको थियो ।