काठमाडौं । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नौ करोड ४२ लाख ८९ हजार ७८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा नौ करोड ५३ लाख ७८ हजार छ सय नौ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब १७ करोड १३ लाख १८ हजार छ सय रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५२ अर्ब ५५ करोड ३७ लाख ५२ हजार पाँच सय ५९ रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ९३ करोड ६५ लाख दुई हजार तीन सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ४८ करोड ३२ लाख ११ हजार तीन सय ९७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५५ अर्ब २१ करोड दुई लाख ८२ हजार सात सय ४२ रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४३ करोड ३७ लाख ४० हजार पाँच सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४४ करोड १२ लाख २५ हजार सात सय २२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५९ प्रतिशत रहेको थियो ।