काठमाडौं । ब्लुचिप सेक्युरिटिज प्रालिले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही मंसिर २९ गते काठमाडौंको स्मार्ट महल धुम्बाराहीमा आफ्नो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका अतिरिक्त लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।