काठमाडौं । नेप्से परिसुचक २७ बिन्दुबाट माथि उक्लिएको छ । अघिल्लो दिन ६२ दशमलव ५४ अंकले उकालो लागेका नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन २२ दशमलव १४ अंकले उकालो लागेर २७ सय ६० दशमलव २१ बिन्दुमा उक्लिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६१ अंकले उकालो लागेर चार सय ९० दशमलव ७२ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय दुई वटा कम्पनीहरुको एक लाख १३ हजार नौं सय ६४ पटकको कारोबारमा दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये आज बाणिज्य बैंक, जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा र होटल तथा पर्यटन र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।