टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबा फेरि देशको प्रधानमन्त्री बनेका छन् । सोमबार जापानको संसद्ले उनलाई नयाँ प्रधानमन्त्रीका रुपमा चयन गरेको हो । जापानमा अक्टोबर २७ मा संसदीय निर्वाचन भएको थियो । यस चुनावमा इसिबाको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)ले बहुमत गुमाएको थियो ।
संसदीय निर्वाचनमा एलडीपीले एक सय ९१ सिट मात्र जितेको छ भने ६५ सिट गुमाएको थियो । यो नतिजा उनको पार्टीका लागि पछिल्लो १५ वर्षको सबैभन्दा खराब प्रदर्शन हो । जापानमा पछिल्लो ३० वर्षमा पहिलो पटक प्रधानमन्त्री चयनका लागि मतदान भएको छ ।
अन्य दलको समर्थनमा इशिबाले प्रमुख विपक्षी नेता योशिहिको नोडालाई २२१–१६० ले पराजित गरेका छन् । तर, चार सय ६५ सिट भएको संसद्मा बहुमतका लागि दुई सय ३३ अङ्क चाहिन्छ ।