काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा झण्डै २४ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले चालू आवको पहिलो त्रैमासमा २३ करोड ९३ लाख ६३ हजार आठ सय ६३ रूपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा चार करोड रूपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकले १९ करोड १६ लाख ५४ हजार चार सय ६१ रूपैयाँ खुद नाफा कमाएको छ ।
हाल चुक्ता पुँजी चार अर्ब ७३ करोड ३६ लाख ९० हजार नौ सय ५१ रूपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ६६ अर्ब ७१ करोड ६८ लाख ५६ हजार दुई सय ८५ रूपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ७३ करोड ८८ लाख ३४ हजार पाँच सय ८६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६५ करोड ८८ लाख ८० हजार छ सय ८७ रूपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ३९ करोड ४० लाख ६८ हजार दुई सय एक रूपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।