काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १५ करोड १३ लाख दुई हजार नौ सय २८ रूपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमायो यो नाफा गत आवको सोही अवधिको तुलनामा भने झण्डै ६५ करोड रूपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८५ करोड ९८ लाख चार हजार आठ सय ६९ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रूपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा चार खर्ब १५ अर्ब ३० करोड ९५ लाख ४५ हजार पाँच सय ५३ रूपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५५ अर्ब ५२ करोड ७८ लाख छ हजार एक सय ८५ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १७ करोड ४४ लाख ८३ हजार तीन सय ६९ रूपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने दुई करोड २६ लाख ६४ हजार एक सय नौ रूपैयाँ रहेको बैंकको स्प्रेडदर भने तीन दशमलव ९९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार खर्ब २९ अर्ब १८ करोड ७७ लाख ६३ हजार सात सय ५१ रूपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ४८ अर्ब ९१ करोड १५ लाख ८६ हजार ८४ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ५२ करोड ८१ लाख ३७ हजार नौ सय ६३ रूपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा वितरणयोग्य नाफा ५८ करोड २१ लाख ९६ हजार दुई सय ६८ रूपैयाँ रहेको बैंकको स्प्रेडदर भने तीन दशमलव ९९ प्रतिशत रहेको थियो ।