काठमाडौं, असार २४
हिमालयन बैैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा अशोक शमसेर जवरालाई पुनः नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैंठकले राणालाई चार वर्षको लागि पुुनः प्रमुुख कार्र्यकारी अधिकृतको जिम्वेवारी सुम्पिएको हो । बैंकका अनुसार राणाको कार्यकाल थप गरिएको कार्र्यकाल असार २२ गते सोमबारदेखि नै कार्यान्वयनमा आएको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा दुुई अर्ब ३१ करोड ७१ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले दुुई अर्ब ४४ करोड ७६ हजार रुपैयाँ खुुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो अवधिमा एक खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब ८२ करोड १० लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ११ प्रतिशत रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा एक खर्ब नौ अर्ब ३८ करोड ७० लाख ६० हजार रुपैैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ६९ करोड ७३ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७५ करोड ३४ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।