काठमाडौं। नेपालको प्रतिष्ठित व्यापारिक घराना ज्योती ग्रुपका दाजुभाईहरु बिच सम्पतीको लागि भएको द्वण्द जटिल अवस्थामा रहेकै अवस्थामा ग्रुपको सम्पती लिलामीको लागि बैंकले ३५ दिने सार्वजनिक सूचना निकालेको छ । नेपाल बैंक लिमिटेड कान्तिपथ शाखाले आज काठमाडौंबाट प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकामा धितो लिलामीको लागि भन्दै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेसंगै प्रतिष्ठित व्यवसायी ज्योती ग्रुपमाथी थप संकट बढ्ने देखिएको छ । बैंकले नेपाल जनरल मार्केटिङ्ग प्रा.लि. ऋणी र शेयरधनी तथा धनजमानी रहेका अभिक ज्योती र सुरुची ज्योती तथा धनजमानी रुप ज्योती र ऋणी ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा.लि. र यसको शेयरधनीहरु नेपाल जनरल मार्केटिङ्ग प्रा.लि., जय स्पिनिङ्ग मिल्स र स्याकार कम्पनी प्रा.लिको नाममा रहेको चालुपुँजी कर्जा, स्थायी चालुपुँजी कर्जा, फोर्स टर्मिनेटिङ्ग ककर्जा, ओभरड्राफ्ट कर्जा र आवधिक कर्जाको साँवा ब्याज नतिरेको भन्दै लिलामीको सूचना प्रकाशित गरेको हो । बैंकले प्रकाशित गरेको सूचनामा उक्त कर्जाको सुरक्षण विवरणमा भाजुरत्न कंसाकारको नाती ममणिहर्ष ज्योतीको छोरा काडमाठौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ कान्तिपथ बस्ने रुप ज्योतीको नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता श्रेष्ता कायम रहेको काठमाडौं जिल्ला काठमाडौं वडा नं. ३० स्थित कित्ता नं. २३०९ को क्षेत्रफल २२५१.५७ को जग्गा÷घर तथा सोले चर्चेको लिगलगापात रहेको सूचनामा उल्लेख छ । प्रतिष्ठित व्यापारिक घराना ज्योती ग्रुपमा सम्पतीको नाममा दाजुभाई बिचनै लामो समयदेखि द्वण्द हुँदा विभिन्न अदालतहरुमा मुद्दा विचाराधिन रहेकै अवस्थामा बै.कले समेत सम्पती लिालमीको लागि सूचना निकालेको छ ।