काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले खुद नोक्सानी व्यहोरेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५६ लाख १६ हजार एक सय ३३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नोक्सानी एक करोड १२ लाख ८० हजार सात सय दुई रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब एक करोड ६५ लाख ४८ हजार दुई सय १९ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २९ करोड १६ लाख ६२ हजार दुई सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ५९ लाख ९२ हजार सात सय ८७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा एक करोड १२ लाख छ हजार छ सय ८५ रुपैयाँ रहेको छ ।