काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १३ दशमलव ९५ अंकले उकालो लागेर २७ सय ४८ दशमलव ७८ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २३ अंकले उकालो लागेर चार सय ८६ दशमलव शुन्य तीन बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २१ वटा कम्पनीहरुको एक लाख एक हजार पाँच सय ४५ पटकको कारोबारमा दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १० अर्ब ३२ करोड तीन लाख ३१ हजार चार सय ३६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, लगानी, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बेंक, बिकास बैक, जलबिद्युत, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।