काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड ५३ लाख ३४ हजार पाँच सय ५० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ११ करोड २५ लाख पाँच हजार पाँच सय ५४ रुपैयाँ रहेको थियो ।