काठमाडौं । कृति भेञ्चर फन्डले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी यही मंसिर १४ गते हुने आफ्नो आठौँ वार्षिक साधारणसभामार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो । काठमाडौंको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा हुने वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।