धनगढी । धनगढी विमानलमा शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले चीन भ्रमणको प्रारम्भिक तयारी सुरु भएको बताइन् । उनले भ्रमणको तयारी भइरहेको जानकारी दिँदै चीनपछि भारत भ्रमण गर्ने बताइन् ।
चीन र भारत नेपालको महान छिमेकी रहेको उल्लेख गर्दै उनले यी दुई ठुला राष्ट्रसँग नेपालको सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको बताइन् । भ्रमणका लागि प्रारम्भिक एजेण्डा बनाइरहेको पनि उनले जानकारी दिइन ।
डडेलधुरास्थित उग्रतारा मन्दिरमा आयोजना हुने उग्रतारा मेलामा सहभागी हुनका लागि आफू यहाँ आएको बताइन् । गेटा मेडिकल कलेजलाई सही ढङ्गले अगाडि बढाउनका लागि स्वास्थ्य र शिक्षा मन्त्रालयले रणनीति बनाउने कार्य गरिरहेको परराष्ट्र मन्त्री देउवाको भनाइ थियो ।