काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ७१ लाख ८३ हजार आठ सय १० रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड १७ लाख ९२ हजार तीन सय ८० रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी एक अर्ब चार करोड ३६ लाख ६६ हजार तीन सय १७ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा चार अर्ब ९३ करोड ४८ लाख ४८ हजार चार सय ८० रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब १८ करोड १२ लाख ४८ हजार एक सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा आठ करोड ७० लाख ६१ हजार छ सय ३८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा वितरणयोग्य नाफा चार करोड ९७ लाख २३ हजार आठ सय ५३ रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ६८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीले चार अर्ब ८२ करोड ४७ लाख ६७ हजार आठ सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ५४ लाख २१ हजार नौ सय ३२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संंस्थामा पाँच दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव शून्य नौ प्रतिशत रहेको थियो ।