काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा खुद नोक्सानी व्यहोरेको छ । गत आवको पहिलो त्रैमासमा एक करोड ९० लाख ४६ हजार १० रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवको पहिलो त्रैमासमा भने दुई करोड ६१ लाख १५ हजार छ सय ७१ रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो ।
हाल चुक्ता पुँजी एक अर्ब ३९ करोड ७७ लाख ६४ हजार पाँच सय ४५ रुपैैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा छ अर्ब १६ करोड ५३ लाख एक हजार आठ सय ५६ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५५ करोड ९२ लाख ५७ हजार चार सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४६ लाख ८६ हजार सात सय ६७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १६ दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १६ करोड ९२ लाख आठ हजार आठ सय २२ रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने नौ दशमलव ४६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब १४ करोड १३ लाख ६२ हजार नौ सय ८१ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १४ करोड २२ लाख २७ हजार छ सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ६० लाख एक सय ७० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव ७९ प्रतिशत रहेको थियो ।