काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबा नेप्से परिसुचक चार दशमलव ९८ अंकले उकालो लागेर २७ सय ५३ दशमलव ७६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १२ अंकले ओरालो लागेर चार सय ८५ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको एक लाख १३ हजार दुई सय ५२ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ४४ लाख २६ हजार नौं सय कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बँणिज्य, बैंक, फाईनान्स, उत्पादनमुलक र निर्जीवन बीमा उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन ।