काठमाडौं । काठमाडौंस्थित सिटी सेन्टरले दशैंतिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ । शनिबार आयोजित समारोहका बीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।
१३ असोजदेखि ३० कात्तिकसम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहार भक्तपुरका कल्याण थापाले जितेका छन् । सेलिब्रेसनअन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर जित्ने मौका दिएको थियो । सेन्टरमा सपिङ गरी भौचर ३६ सय ४५ प्राप्त गर्ने थापाले सो बम्पर उपहार जितेका हुन् । थापालाई सिजी मोटर्स प्रालिका नेसनल सेल्स म्यानेजर सूर्यप्रसाद ओझा र सिटी सेन्टरका प्रमुख कार्यकारी अधिकृत आदित्य कुमारले संयुक्तरूपमा स्कुटरको चाबी हस्तान्तरण गरे ।
यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ ।