काठमाडौँ । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राँधिकरणले काटेका बिलबिजकको पुन टिओडी मिटर गणना गर्न राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदयीय समिति गठन गरेको छ । समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना पूर्वकर्मचारी र एकजना चार्टर्ड एकाउन्टेन्ट समेत रहेका छन् । समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेको सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई ‘टाइम अफ डे’ (टीओडी) मिटरका आधारमा पुनः गणना गरी जाँच गर्ने छ ।