काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही मंसिर २४ गते अरनिको पार्टी प्यालेस बनेपामा आफ्नो ११ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको एक अर्ब १६ करोड ५५ लाख २१ हजार छ सय ८५ रुपैयाँमध्येबाट कर प्रयोजनको लागि समेत गरी शून्य दशमलव ७५ प्रतिशतका दरले हुन आउने ८७ लाख ४१ हजार चार सय १२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसैगरी संस्थाले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशतका दरले हुन आउने १६ करोड ६० लाख ६८ हजार आठ सय ४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब ३३ करोड १६ लाख आठ हजार पाँच सय २६ रुपैयाँ पुग्नेछ ।
वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संंस्थाको यही मंसिर १८ गतेदेखि मंसिर २४ गतेसम्म सेयर दाखिल तथा खारेजी कार्य बन्द हुनेछ ।