काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संंस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संंस्थाले यही मंसिर २८ गते आफ्नो १२औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षको मुनाफामध्येबाट शून्य दशमलव ७० प्रतिशतका दरले हुन आउने ७३ लाख ८८ हजार नौ सय ४६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
सोही वार्षिक साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षसम्म कायम रहेको चुक्ता पुँजीमध्येबाट १३ दशमलव ३० प्रतिशतका दरले हुन आउने १४ करोड तीन लाख ८९ हजार नौ सय ७६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही मंसिर १४ गते संस्थाको सेयर दर्ता किताब बन्द हुनेछ ।