काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा सक्रिय नवराज कुँवरले असोसियो अवार्ड प्राप्त गरेका छन् । एसियन–आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो)द्वारा जापानको टोकियोमा हालै आयोजना गरिएको डिजिटल समिटमा कुँवरलाई यो अवार्ड प्रदान गरिएको हो ।
असोसियोले सूचना प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्तिलाई यो सम्मान दिने गर्छ । नेपालमा डिजिटल परिवर्तनलाई ग्रामीण क्षेत्रसम्म पुर्याउन अथक प्रयास, दूरदृष्टि र नेतृत्व गरेको भन्दै कुँवरले प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन् । कुँवर सूचना प्रविधि क्षेत्रमा यात्रा सन् १९९५ देखि सक्रिय छन् । उनले काठमाडौंको सीमाभित्र मात्र रहेको सूचना प्रविधिको प्रभावलाई देशैभर विस्तार गर्न लक्ष्यसहित आफ्ना कामहरू सुरु गरेका थिए ।