काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको कार्यकक्षमा मंगलबार अपराह्न शिष्टाचार भेट गरेकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो भेटमा उनीहरुबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार–विमर्श भएको जनाएको छ । नेपाल र अष्ट्रेलियाबीच ६४ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।