काठमाडौं, असार २५ महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले राजीनामा दिएका छन् । कार्यकाल बाँकी रहेकै अवस्थामा प्रमुख कार्यकारी अधिकृत लामिछानले राजीनामा दिएका हुुन् । बैंक सञ्चालक समितिले लामिछानेलाई विसं २०७४ साल कात्र्तिक २६ गते चार वर्षीय कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतकोरूपमा नियुक्त गरेको थियो । सो अनुुसार लामिछानेको कार्यकाल अझै एक वर्ष बाँकी रहेको छ । यहीबीचमा प्रमुख कार्यकारी लामिछानले सञ्चालक समितिमा कुरा नमिलेपछि यही साउन एक गतेदेखि नै लागू हुुनेगरी असार २३ गते मंगलबार राजीनामा दिएको बैंक स्रोतले जानकारी दिएको छ ।