काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ७० लाख १४ हजार ४३ रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ९५ लाख ३२ हजार पाँच सय चार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ३६ करोड ७२ लाख ३२ हजार चार सय ६२ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब २९ करोड ९९ लाख ८७ हजार सात सय ९४ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ३५ लाख ३९ हजार १५ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने २१ लाख ६३ हजार चार सय ९३ रूपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर छ दशमलव ८५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ३७ करोड १४ लाख १९ हजार एक सय ५९ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३३ करोड ६३ लाख ९४ हजार तीन सय ५६ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ८९ लाख नौ हजार चार सय ४९ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने ३१ लाख ६८ हजार तीन सय ६६ रूपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव २२ प्रतिशत रहेको थियो ।