काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का ग्राहकहरूले कमलादीमा रहेको ‘स्काइवाक टावर’मा विशेष छुट पाउने भएका छन् । बैंक र ‘वन्डर्स नेपाल’, काठमाडौंबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई ’स्काइवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म विशेष छुट दिइनेभएको छ ।
एनआईएमबीका ग्राहकहरूले एक जनादेखि पाँच जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र पाँच जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकले ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आएको छ ।