काठमाडौं । सानिमा बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले मंगलबार आफ्नो २०औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको हो । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको पाँच दशमलव २६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब ४० करोड रूपैयाँ खुद नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति दुई खर्ब ३३ अर्ब ८६ करोड रूपैयाँ, कुल निक्षेप एक खर्ब ९९ अर्ब ३८ करोड तथा खुद कर्जा सापटी एक खर्ब ६४ अर्ब ९४ करोड रूपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११ दशमलव ४८, १० दशमलव शून्य छ र आठ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको छ ।