काठमाडौं, असार २५
मिर्मिरे लघुुवित्त वित्तीय संस्था र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ । संस्थाले निकट भविष्यमा नै जारी गर्न थप सार्वजनिक निष्काशन (एफपीओ)को लागि नेपाल एसबीआई क्यापिलटसँग सम्झौता गरेको हो । सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपाने र नेपाल एसबीआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्काशान गर्ने ३७ हजार दुुई सय ६० कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ)को लागि नेपाल एसबिआई मर्चेन्ट सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ५९ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ करोड ६७ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९५ करोड ७२ लाख ९३ हजार रुपैयाँ निक्षेप संंकलन गरी दुुई अर्ब ८५ करोड ८७ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ९४ लाख ४६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९२ प्रतिशत रहेको छ ।
संस्थले गत आवको सोही अवधिमा भने ६८ करोड चार लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४० करोड २४ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ८३ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड १२ लाख ८० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४८ प्रतिशत रहेको थियो ।