काठमाडौ । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ५१ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने नौं दशमलव शुन्य नौं अंकले उकालो लागेर २७ सय १५ दशमलव ७५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले उकालो लागेर चार सय ७८ दशमलव ५० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ७४ हजार तीन सय तीन पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब नौं करोड २८ लाख ७९ हजार नौं सय ४६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैक, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक र अन्य समुहको सुचक ओरालो लागेपनि बिकास बैक, फाईनान्स, जलबिद्युत लघुवित्त, लगनाी, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् ।