काठमाडौं । कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसले बैंकका ग्राहकहरूलाई उच्च गुणवत्ता सेवा र सुलभ प्रिमियमको सुविधा प्रदान गर्नेछ । यस सम्झौतामा बैंकका ग्राहकहरूले ट्रस्ट माइक्रो इन्स्योरेन्सका सुविधाजनक बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा कामना सेवा विकास बैंकका उप महाप्रबन्धक हरिप्रसाद लम्साल र ट्रस्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगानासहितका प्रतिनिधिहरू उपस्थित थिए । यस सहकार्यले बैंकका ग्राहकहरूको सम्पत्ति सुरक्षा सुनिश्चित गर्ने र उनीहरूलाई बीमासम्बन्धी जानकारी र सुविधा थप प्रदान गर्ने लक्ष्य राख्छ ।
कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सको यो सहकार्यले नेपालको वित्तीय क्षेत्र र बीमा क्षेत्रमा नयाँ अवधारणा कायम गर्ने विश्वास लिएको छ । यस समझदारी पत्रले ग्राहकहरूको विश्वास जित्न र उनीहरूको आवश्यकताअनुसार सेवाहरू प्रदान गर्न थप मद्धत पुर्याउनेछ ।
यस सम्झौताले ग्राहकहरूलाई सुलभ र सहज बीमा सेवा उपलब्ध गराउन, साथै ट्रस्ट माइक्रो इन्स्योरेन्सको सेवा दायरा पनि वृद्धि गर्ने अपेक्षा गरिएको छ ।