काठमाडौं । झम्सिखेलमा अपि इन्फ्राको आधुनिक अपार्टमेन्ट परियोजना सुरू भएको छ । सोमबार आयोजित विशेष पूजापाठ कार्यक्रमपछि अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले लक्जरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरेको हो । यो परियोजना एक सय २० करोड रूपैयाँको लगानीमा निर्माण गरिने छ ।
तीन रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहनेछन् । साथै, कम्पनीले बुकिङ समेत खुला गरिसकेको छ, जहाँ हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काका अनुसार अपार्टमेन्ट निर्माण दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । ‘झम्सिखेलजस्तो क्षेत्रमै यस्तो सुविधा सम्पन्न अपार्टमेन्ट पाउनु अबको दुर्लभ अवसर हो । लक्जरी जीवनका लागि यो उपयुक्त विकल्प हो,’ उनले भनिन् । उनका अनुसार यो अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । झम्सिखेलको मुख्य स्थानमा रहेको यो अपार्टमेन्ट लक्जरी जीवनशैलीका लागि उत्कृष्ट विकल्प हो । आधुनिक सुविधाहरू र सुन्दर डिजाइनले यसलाई थप विशेष बनाएको छ । स्मार्ट होम प्रविधि र प्रिमियम सुविधाहरूका कारण यो परियोजना झम्सिखेलको प्रमुख आकर्षण बन्ने अनुमान गरिएको छ ।