काठमाडौँ । सुनको मूल्य बिहीबार प्रतितोला एक हजारले बढेर एक लाख ६४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार थियो ।

त्यस्तै अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० कायम भएको महासङ्घले जनाएको छ । बिहीबार चाँदीको मूल्य भने स्थिर छ । कात्तिक १५ गते एक लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।