काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेर राताम्मै भएको छ । अघिल्लो दिन नौं अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार ३१ दशमलव ३१ अंकले ओरालो लागेर २६ सय ८० दशमलव ४४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५३ अंकले ओरालो लागेर चार सय ७२ दशमलव ९७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ८४ हजार आठ सय ५८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब २५ करोड ७६ लाख ४३ हजार आठ सय ८६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै देखिएको छ ।