काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा गएको छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा ४३ लाख ५३ हजार चार सय ५० रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५२ लाख ८३ हजार छ सय ५० रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी छ करोड ८५ लाख ७१ हजार आठ सय रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ८८ करोड १५ लाख ९७ हजार चार सय ६० रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड ४५ लाख ८३ हजार आठ सय ८० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड १३ लाख ४३ हजार एक सय ४० रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड पाँच लाख २१ हजार चार सय ७० रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात १४ दशमलव ४३ प्रतिशत रहेको छ ।