काठमाडौँ । प्रहरीले सुन सहित एक जना युवकलाई पक्राउ गरेको छ । शुक्रकार प्रहरीले उनलाई रसुवाको कालिकाबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् । उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको प्रहरीले बताएको छ । बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिकास्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।