काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौँको दरबारमार्गस्थित खुला सडकमा गरेको जागरण सभामा फोहोर गरेर बातावरण प्रदूषण गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएको छ । प्रधानमन्त्री स्वयम आफैँ उपस्थित रहेको कार्यक्रममा महानगरले दण्ड चलाउनुलाई अर्थपूर्ण मानिएको छ ।