काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग आइतबार ब्रिफिङ लिने भएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजनाका रूपमा नेपालमा सडक, सिँचाइ, जलविद्युत्, सुरुङ मार्गहरू लगायतका ठुला योजनाहरू सञ्चालनमा छन् । यसै बिच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दैछ । सचिवालयले बालुवाटारस्थित पुरानो सचिवालयमा बस्ने सो बैठकमा पनि प्रधानमन्त्रीले सहभागिता जनाउने जनाएको छ ।